नेकपा–फोरम एकता गृहकार्य

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी नेकपा र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ । नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै पार्टी एकताका लागि अनौपचारिक छलफल सुरु भएको हो ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भएको हो । प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार नेकपा र फोरम नेपालबीच पार्टी एकताका लागि छलफल भए पनि त्यसले औपचारिकता पाउन सकेको छैन । शीर्ष नेताहरूबीच पार्टी एकताका लागि छलफल भए पनि औपचारिक बैठकमै एजेन्डाका रूपमा नआएको स्रोतको दाबी छ ।

उता, नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले फोरम नेपाल सरकारमा सहभागी भएसँगै पार्टी एकताको विषयमा अनौपचारिक छलफल भएको बताए, राजधानी दैनिकमा खबर छापिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?