हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बुधबार बिहान देशको पहाडी भूभागहरूमा आंशिक बदली रही तराइका थोरै भूभागमा हुसु र कुहिरो रहेको छ।
यस्तै दिउँसो पहाडी भूभागमा आँशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ । बाँकि भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
यस्तै राति पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया