काठमाडौं– रसुवाका सांसद मोहन आचार्यले भूकम्प प्रभावित जनताको लागि सरकारले विशेष कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि जनाएका छन् ।
संघीय संसदको आइतबारको बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०७५–०७६ को बजेटबारे धारणा राख्दै सांसद आचार्यले भूकम्प पीडितले बजेटमा विशेष कार्यक्रमको अपेक्षा गरेकाे भएपनि त्यो समावेश नहुनु दुखद भएको बताए ।
‘भूकम्प पीडितको सवालमा बजेटमा विशेष कार्यक्रम ल्याइएको पाइएन । धेरै जनता ऋणमा डुबेका छन् । विशेष कार्यक्रम नल्याए जनतालाई अन्याय भएको छ’, उनले भने ।
रसुवामा भूकम्प गएको ती वर्ष पुग्दा हालसम्म २२.५ प्रतिशत मात्र पुनर्निर्माण सम्पन्न भएको सो क्रममा बताए ।
यसैगरी नेपाल निरन्तर वैदेशिक व्यापार घाटामा रहेको भन्दै उनले घाटा पूर्ति गर्न जलविद्युत, कषि, पर्यटन लगायतका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
उनले रसुवा जिल्लाको विकास र समृद्धिका लागि बजेट विनियोजन गरेकोमा अर्थमन्त्री युवराज खतिवडालाई धन्यवाद पनि ज्ञापन गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया