चिलिमे बन्द, प्रतिघण्टा एक लाख ७१ हजार नाेक्सान

नुवाकोट – रसुवामा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको उत्पादन आइतबार अपराह्नदेखि बन्द भएको छ ।

केन्द्रमार्फत उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जडान गर्न लगिएको ६६ हजार भोल्टेजको तार नुवाकोटको विदुर नगरपालिका–१० स्थित गेर्खुमा आइतबार अपराह्न चुडिएकाले उत्पादन बन्द गरिएको चिलिमे जलविद्युत कम्पनीका प्रबन्धक सञ्चालक दामोदरभक्त श्रेष्ठले जानकारी दिए ।

काठमाडाँैबाट आइतबार यहाँ आएका प्राविधिकले अवरुद्ध स्थानको अवलोकन गरेपनि वर्षा भइरहेको र अँध्यारो भएकाले सोमबारदेखि मात्र काम शुरु गर्ने जनाएका छन् ।

केन्द्रको विद्युत् उत्पादन बन्द हुँदा सोमार्फत रसुवाको आधा स्थान र त्यहाँ निर्माण भइरहेको रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

चिलिमे जलविद्युत् केन्द्रको उत्पादन बन्द हुँदा प्रतिघण्टा रु एक लाख ७१ हजार ८२० नोक्सान हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?