कांग्रेसका भूगोल र आरक्षण केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

RSS
175
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्य (प्रदेश–१ खुला २) पदको मतपरिणाम आज सार्वजनिक भएको छ ।

प्राप्त मतपरिणामअनुसार अमृत अर्याल २३८९ मत र राजिव कोइराला २१५२ मत सहित निर्वाचित भएका छन् । उनीहरुका निकटम् प्रतिष्पर्धी आनन्द सन्तोषी राईले २०८१ मत ल्याए । यसैगरी अन्य उम्मेदवार अनिल कृष्ण प्रसाईले १४२२, खिलराज बस्नेतले २८१, जनार्दन राम निरौलाले १४९ र सुमित्रा थरुनीले ३९२ मत प्राप्त गरेको समितिले जनाएको छ । दुई पदका लागि भएको निर्वाचनमा पाँच जनाले उम्मेदवारी दिएका थिए ।

यसैगरी केन्द्रीय सदस्य (प्रदेश–१ महिला एक) पदमा महेन्द्रकुमारी लिम्बु २२२९ मत प्राप्त गरी निर्वाचित भइन् । उनका निकटतम् प्रतिष्पर्धी उम्मेदवार लिलादेवी बोखिम लिम्बुले १७४७ मत प्राप्त गरिन् भने अर्का उम्मेदवार गोमाकुमारी भट्टराईले ६०९ मत प्राप्त गरेको समितिले जनाएको छ ।

आजै घोषणा भएको केन्द्रीय सदस्य वाग्मती प्रदेश (खुला) दुई पदमा ध्यानगोविन्द रन्जित २४१९ मत र राजेन्द्रकुमार केसी (राजन) २१२९ मतका साथ निर्वाचित भए । अन्य उम्मेदवार ध्रुवप्रसाद अधिकारी २१११, रमेशप्रसाद धमला १६८४, निमा ग्यालजेन शेर्पा ३७५ र मनोज रानाले २४५ मत प्राप्त गरे ।

केन्द्रीय सदस्य वाग्मती प्रदेश (महिला) एक पदमा उर्मिला नेपाल केसी २३४९ मतका साथ निर्वाचित भइन् । सो पदका अन्य उम्मेदवार विष्णुदेवी पुडासैनीले १६७० र कृष्णा आमात्य ५५१ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?