कर्णालीबाट कांग्रेस केन्द्रीय सदस्यमा को-को भए विजयी ?

RSS
14
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत भएको निर्वाचनबाट केन्द्रीय सदस्य कर्णाली प्रदेश (खुला) दुई पदमा राजीव विक्रम शाह (२,८२०) र कर्णबहादुर बुढा (२,२००) मत मतका साथ निर्वाचित भएका छन् ।

सो पदका निकटतम प्रतिस्पर्धी उम्मेदवार हृदयराम थानी भने एक मतले मात्र पराजित भए । थानीले (२,१९९) मत प्राप्त गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सो पदका अन्य उम्मेदवार दीनबन्धु श्रेष्ठले (१,५४६) र नारायणप्रसाद भट्टराईले (३६०) मत प्राप्त गरे ।

यसैगरी केन्द्रीय सदस्य कर्णाली प्रदेश (महिला) एक पदमा जानकी सिंह (२,६२४) मतका साथ निर्वाचित भएकी छन् । प्रतिस्पर्धी उम्मेदवार मैना कार्की रावलले (१,९५५) मत प्राप्त गरेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?