बगरमा परवल खेती

शम्भू माली

कपिलवस्तु –बुद्धभुमी नगरपालिका– १० धनकौलीको गगनी गाउँका कृषकहरुले परवल खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन ।
बाणगंगा नदी अन्तर्गत बिजगौरी पुलको दक्षिण तर्फ नदीको बगर र आसपास परवल खेती गर्दै एक दर्जन कृषकहरुले सिजनमा ५० हजार देखि एक लाख आम्दानी गर्दै आएका हुन् ।  लहरे जातिका रुपमा रहेका परवल खेतीमा बिगत २ दशक देखि परवल खेती गर्दै आएका छन् । हप्ताको दुई पटक चार क्विन्टलका दरले परवल बचेर अहिले सम्म ४० हजार आम्दानी गरेको एक कृषकले बताए । तौलिहवा बजारमा मंगलवार र शनिवार लाग्ने हाटबजारमा परवल बेच्दै आएका उनले उत्पादन बढी भएको र भारतीय परवल समेत भित्रिएकाले यस बर्ष अलि सस्तोमा परवल बिक्री गर्नु परेको गुनासो गरे ।
परवल टिपेर बजारमा पठाउने चटोरोमा रहेका कृषक तौलेश्वर पासीले यस बर्ष परवलले भाऊ नपाएको गुनासो गरे । ‘ ढेड महिना अघि सम्म ५० देखि ८० सम्म प्रति किलो परवल बिक्री हुन्थ्यो अहिले त थोकमा १० देखि १२ रुपैयामा बेच्न बाध्य छौ ’ उनले निराश हुदै भने । परवल सहीत खेतमा करेला, लौाका, काक्रो समेत उत्पादन गरी उनीहरुले आम्दानी गर्दै आएका छन् ।
बिउ मलखाद सिचाईमा गरी १० हजार लगानी गरेका अर्का किसान  अनारा पासीले सरकारले आफुहरुलाई नहेरको गुनासो  गुनासो गरे ।
उनले भने, ‘बिउ भारतबाट किनेर ल्याउनु पर्छ सिंचाईकालागि पनि कसैले सहयोग गरेको छैन, हामी भगवानको भरोसामा छौ ।’

जिल्लामा गगनी खोरिया, बासखोर तिलौरी बलरमवापुर लगायतका  गाउँको बगरका परवर खेती हुने गरको छ । कृषि कार्यालय अनुसार जिल्लामा ३५ हेक्टरमा परवल खेतीबाट २ सय मेट्रिक टन उत्पादन हुने गरेको छ ।
 कृषि कार्यालयले गगनी र खोरीया परवल खेतीकालागि नमुना रहेको जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?