कर्णालीका मन्त्री शनिबार पनि काममा खटिने

युवराज पंगाली
सुर्खेत–दैनिक कामको चाप र भ्याइ नभ्याई भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले शनिबार पनि काम गर्ने भएका छन् ।  
उक्त निर्णय आइतबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठक ले गरेको हो ।
बैठकले अन्य समयमा कामको चापले मन्त्री परिषद् बैठक बस्न नसके पनि शनिबार चाहि मन्त्री परिषद् बैठक बस्नेछ ।
‘सरकारका मन्त्रीहरू नै जनताको अधिकतम सेवामा लाग्नुपर्छ भन्ने मान्यताका साथ मन्त्रीपरिषद्ले नियमित बैठक शनिबार बिदाको दिन बस्ने निर्णय गरेको हो,’ सरकारकी प्रवक्ता विमला केसीले भनिन् ।
बिदाको दिनलाई समेत उपयोग गर्दै हरेक शनिबार मन्त्रीपरिषद् बैठक बस्ने निर्णय गरिएको सरकारकी प्रवक्ता विमला केसीले बताईन् ।
आइतबारको मन्त्रीपरिषद् बैठकले गाउँसभा र नगरसभाको कार्यसञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ जिल्ला सभाको कार्यसञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको कर्णाली प्रदेश खर्च मापदण्ड निर्र्देिशका २०७५ स्वीकृत गर्ने तथा प्रदेश सार्वजनिक व्यवस्था तथा सञ्चालन सम्बन्धी विधेयक २०७५, प्रदेश विद्युत विकास, उत्पादन र व्यवस्थापनसम्बन्धी विधेयक २०७५ र प्रदेश सवारी तथा यातायात व्यवस्थासम्बन्धी विधेयक २०७५ को मस्यौदा तर्जुमाका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?