संगठन निर्माणमा लाग्न कांग्रेस प्रवक्ताको निर्देशन

रुकुम– नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनताको समस्या समाधान गर्ने भन्दापनि वर्तमान सरकारले जनतामा निराशा ल्याएको बताएका छन् ।

काँग्रेस रुकुम पश्चिमले आज खलंगामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले केही महिनाअघि अर्थमन्त्रीले जारी गरेको श्वेतपत्र र संसद्मा प्रस्तुत गरेको बजेटमा कुनै मिलन बिन्दु नभएको बताए ।

प्रवक्ता शर्माले काँग्रेसले देश र जनताका विरुद्धमा हुने गलत क्रियाकलापको सशक्त विरोध गर्ने उल्लेख गर्दै सबै नेता कार्यकर्तालाई एकअर्काको विरोध गर्न छोडेर गाउँगाउँमा संगठन निर्माणमा लाग्न निर्देशन दिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको विमान ठूलो दुर्घटनाको जोखिममा रहेको दाबी पनि गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?