पूर्वमन्त्री शाहीको अन्त्येष्टि गरियो

काठमाडौ– पूर्वगृहमन्त्री दानबहादुर शाहीको पशुपति आर्यघाटमा वैदिक परम्पराअनुसार आज अन्त्येष्टि गरिएको छ ।

उनलाई श्रद्धाञ्जलि दिन आर्यघाटमा आफन्त, शुभेचछुक, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु पुगेका थिए ।  मिर्गौला रोगबाट पीडित ७६ वर्षीय शाहीको उपचारका क्रममा आज बिहान ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हो ।

उनी करिब दुई महिनादेखि सोही अस्पतालमा उपचारका क्रममा थिए ।

डोटीको केआई सिंह गाउँपालिका तिखार, डुम्राकोट स्थायी घर भएका शाहीले पूर्वप्रशासक, सचिवको समेत जिम्मेवारी पूरा गरेका थिए । उनका दुई श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?