आर्मी प्रधानमन्त्री कप एकदिवशीय क्रिकेटकाे सेमिफाइनलमा

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल इन्टरनेशनलको व्यवस्थापनमा जारी उक्त प्रतियोगितामा आर्मीले प्रदेश नं ४ लाई पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

समूह ‘ए’ अन्तर्गत मूलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ४ नं. प्रदेशले २९ ओभरमा ७६ रनमा अलआउट भयो । उसका लागि अनिल गुरुङले ४२ रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए ।

प्रदेश नं. ४ को इनिङ ध्वस्त पार्न आर्मीका विक्रम सोब, साहव आलम र सागर पुनले समान ३–३ विकेट लिए । ७७ रनको विजयी लक्ष्य पच्छाएको आर्मीले १६ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

आर्मीको जितमा अनिल मण्डलले २८, सागर पुनले २६ तथा नरेश बुढाऐरले १० रनको योगदान दिए । अलराउण्ड प्रदर्शन गरेका सागर पुन खेलको ‘म्यान अफ द म्याच’ चुनिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?