हिमालयन ट्राभल मार्ट २०१८ सम्पन्न

काठमाडौँ – सन् २०३० सम्ममा ५० लाख पर्यटक आगमनको जग बनाउने प्रतिबद्धता व्यक्त गर्दै दोस्रोे हिमालयन ट्राभल मार्ट २०१८ आज सम्पन्न भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको नेतृत्वमा नेपाल पर्यटन बोर्डको आयोजना र प्यासिफिक एसिया ट्राभल एसोसिएशन ९पाटा० नेपाल च्याप्टरको हिमालयन ट्राभल मार्ट २०१८ को दोस्रोे संकरण सम्पन्न भएको हो ।

उक्त मार्टमा ३७ वटा देशका १६० विदेशी प्रतिनिधिको सहाभागिता रहेको थियो भने ५४ बायर्स र नेपाल भारत, चीन, भुटान, दक्षिण कोरिया, इन्डोनेशिया, टर्की र युएईलगायत सातवटा देशाट ५२ बिक्रेताको सहभागिता थियो ।

यस कार्यक्रमले नेपाललगायत दक्षिण एशियाका सबै पर्यटन व्यवसायीलाई समावेश गरेको आयोजकले जनाएको छ । यही जेठ १८ देखि २० गतेसम्म आयोजना भएको यस कार्यक्रमले सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्राउने अवधारणाका विषयमा आफ्ना प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?