लामो समयपछि सेयर बजारमा सकारात्मक माहोल

लोकपथ
195
Shares

काठमाडौं । लामो समयपछि सेयर बजारमा हरियाली छाएको छ । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको बजारमा आज उच्च अंकको वृद्धि देखिएको हो ।

बजार बढेसँगै लगानीकर्ताहरुमा केही राहत मिलेको छ ।

आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ५६.७३ अंकले बढेर २४१५.५५ बिन्दुमा पुगेको छ । आज नेप्से २.४१ प्रतिशतले बढेको हो ।

यता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक ११.३४ अंकले बढेर ४६२.५२ बिन्दुमा पुगेको छ ।

आज कुल २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमा १३ वटै समूहको सेयर मूल्य बढेको छ । आज अन्य समूह, हाइड्रोपावर, विकास बैंक लगायत समूहको सेयर मूल्य सर्वाधिक कारोबार गरेको छ ।

आज ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स, रसुवागढी हाइड्रोपावर कम्पनीक लगानीकर्ताले पनि सर्वाधिक कमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?