स्वास्थ्य टिप्स : जाडोमा अपनाउनुपर्ने १० सावधानी

लोकपथ
325
Shares

अन्य मौसमको तुलनामा चिसो मौसममा मुटुको समस्या बढ्ने गरेको विभिन्न अनुसन्धानहरूले देखाएको छ । चिसो मौसममा शरीरको तापक्रम बढाउन मुटुलाई अतिरिक्त काम गर्नु पर्ने हुनाले पनि मुटुमा बढी चाप परिरहेको हुन्छ ।

योबाहेक चिसो मौसममा कतिपय अवस्थामा मुटुले काम गर्न नसक्ने अवस्था समेत आउने गर्छ । त्यसैले चिसो मौसममा सबै उमेर समूहका व्यक्तिहरूले मुटुको विशेष ख्याल राख्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

चिसो मौसममा मुटुलाई सक्रिय र स्वस्थ बनाउने धेरै किसिमका उपायहरू रहेका छन् । यी उपायहरूलाई अपनाउने हो भने हामीले चिसो मौसममा सम्भावित मुटुमा आउने विभिन्न किसिमका समस्याहरूलाई समाधान गर्न सक्छौँ ।

मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिलको हेल्थ टिप्स :

१) पानी प्रशस्त पिउनेः

शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ ।

२) वार्म अप गर्नेः

शारीरिक व्यायाम सुरु गर्नुभन्दा अघि ९५–१० मिनेट० शरीरलाई सक्रिय बनाउने अनि व्यायाम गर्ने ।

३) हिँडाइको गति कम गर्नेः

चिसोमा मुटुमा जोखिम घटाउन हिँडाइको स्पिड कम गरेर, हिँडाइको अवधि बढाउनु सुरक्षित उपाय हुन्छ ।

४) चिसो हावा र पानी परेको बेलामाः

यस्तो बेलामा घरबाहिर व्यायम गर्न निस्किनु हुँदैन ।

५) मदिरा र चुरोटको सेवनः

जाडो महिनामा मुटुमा हुने असरलाई मदिराले झन् बढाउने हुनाले यसको प्रयोग नगर्नु राम्रो हुन्छ ।

६) धेरै चिल्लो खानाः

जाडोमा कोलेष्ट्र्रेल बढ्ने हुनाले, धेरै चिल्लो, फ्राई, पार्टी भोजको बेलामा सर्तक हुनु पर्छ ।

७) सुगर, प्रेसर, कोलेस्ट्रेलको राम्रो नियन्त्रणः

जाडो महिनामा प्रेसर र कोलेस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जाँच र नियन्त्रण गर्न जरुरी छ ।

८) चिसोमा हिड्दा छाती दुख्नुः

मुटु रोगको प्रमुख लक्षण एन्जाइना चिसोमा बढी देखिन्छ र यस्तो छ भने डाक्टरलाई देखाउन जरुरी छ ।

९) औषधिको नियमित प्रयोगः

मुटुरोग प्रेसर, सुगर, कोलेस्ट्रोल आदिको औषधि नटुटाइकन नियमित खानु पर्छ ।

१०) व्यामको बेलामा चिसोबाट सुरक्षाः

यसको लागि पर्याप्त लुगा लगाएर विशेष गरेर टाउको, कान, हात छोपेर हिँड्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?