काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी विधान परिवर्तन गरेर अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
समाजवाद अध्ययन केन्द्रको तर्फबाट साहित्यकार राधिका दाहाललाई आज ह्वीलचियर वितरण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “प्रदेश र स्थानीय तह केन्द्रित विधान बनाएर संगठन निर्माणमा काँग्रेस लाग्नुपर्छ ।”
महामन्त्री डा कोइरालाले संविधानअनुसार काँग्रेसको विधान परिवर्तन गर्न तत्काल महासमिति बैठक आह्वान गर्नुपर्छ भन्दै प्रतिनिधिसभा र प्रदेशसभामा पार्टी नराम्ररी पराजय भएकाबाट पाठ सिकेर सबै नेता तथा कार्यकर्ता संगठन निर्माणमा लाग्ने बेला आएको बताउनुभयो ।
महामन्त्री डा कोइरालाले काँग्रेस संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया