काठमाडौँ – अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा विभिन्न आर्थिक विधेयक प्रस्तुत गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०७५’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ र ऋण तथा जमानत (बाइसौँ संशोधन) विधेयक, २०७५ प्रस्तुत गर्नुभयो ।
यस्तै, बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषदको हालै भएको पुनर्गठन र जिम्मेवारी हेरफेर सम्बन्धि पत्र वाचन गरेर सुनाउनुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २१ गते सोमबार दिनको १३ः०० बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया