१८ आश्विन २०७९, मंगलवार

विश्वप्रकाश शर्मापछि गगन थापा पुगे सिटौला निवास

२०७८,पुष,६,मंगलवार १३:५८

1.017k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेता कृष्णप्रसाद सिटौला निवास पुगेका छन् ।

पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएको एक सातापछि थापा मंगलबार नेता सिटौला निवास पुगेर आशीर्वाद मागेका छन् ।

कांग्रेसको १३औं महाधिवेशनमा थापा र सिटौला एउटै समूहमा थिए । सिटौला सभापति र थापा महामन्त्रीका उम्मेदवार थिए । दुवै पराजित भए । त्यसयता थापा सिटौला समूहबाट रामचन्द्र पौडेल समूहमा लागे ।

१४औं महाधिवेशनमा थापा डा।शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिए । र, तीन हजारभन्दा बढी मत ल्याएर चुनाव जिते ।

महामन्त्री थापाले आशीर्वाद मागेपछि सिटौलाले पार्टीलाई एकढिक्का बनाएर लैजान सुझाव दिएका थिए । उनले विगतका तितामिठा कुरा बिर्सेर काम गर्न सल्लाह दिएका थिए ।

आइतबार मात्रै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा नेता सिटौला निवास पुगी आशीर्वाद मागेका थिए । सिटौलाले  योभन्दा पनि माथि पुग्नु भनेर आशीर्वाद दिएका थिए ।

प्रकाशित मिति: २०७८,पुष,६,मंगलवार १३:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिमुखी र स्वार्थी रवैयालाई प्रवद्र्धन गरेको भन्दै मधेस राजनीति र आन्दोलनको

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौं दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधाना गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतल

हिन्दू धर्मावलम्बीहरुको महान चाड, दसैँ । जो हामीमाझ छ । उसो त विगतका २ वर्षभन्दा यसपालीको दसैँको चहलपहल राम्रै छ

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४