फौजदारी कसुर तथा फौजदारी कार्यविधि अध्यादेश स्वीकृत, प्रतिनिधिसभा बैठक स्थगित

लोकपथ
287
Shares

काठमाडौं । प्रतिनिधिसभाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो ।

यसअघि बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पनि स्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक ७ पुस दिनको १ बजे बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?