अनि दीपकराज गिरी पनि के कम?

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ३’ को छायांकन हुँदै गरेको समाचार केही महिनाअघि आएको थियो । त्यसको केही दिनअघि मात्रै फिल्ममा पुष्प खड्कालाई लिइएको थियो । फिल्मको छायांकन हुँदै गर्दा यतिबेला अभिनेता पुष्प खड्काले भने फिल्मबाट हात झिकेका छन् ।

उनी फिल्मबाट ‘आउट’ भएपछि अर्का अभिनेता संजोग कोइराला फिल्ममा ‘इन’ भएका छन् ।

यता दीपकराज गिरीले भने ठाडै गेस्ट रोललाई फिल्मको स्किृप्ट समेत देखाउन नमिल्ने भन्दै कोँचे थापे । किन कोँचे थापे होलान् भन्ने एउटा कुरा तर कलाकारले आफ्नो भूमिका त हेर्न पाउनुपर्ने थियो भन्ने अर्को कुरा हो ।

पुष्पका अनुसार दीपकाराजले फोन पनि नउठाइदिने अनि महत्त्व पनि खासै नदिने गरे । के उनी जानी जानी पुष्पलाई निकाल्न चाहन्थे होला त? उनले ग्रीन सिग्नल के पनि दिँदै के पनि भनेका रहेछन् भने ‘फिल्मको रोल भन्न मिल्दैन, बरु फिल्म छोड्नुस् ।’

फिल्ममा लिने अनि भूमिका नै नभनिँदिदा पुष्प भने आफूले आफ्नो भूमिकालाई बुस्ट गर्न पाउँदिन कि भन्ने लागेर फिल्म छोडिदिएकाे बताउँछन् ।

हुन त दीपकराज गिरीलाई पनि मैले गरेको फिल्ममा जो राख्न पनि सक्छु, चल्छ भन्ने दम्भ थियो होला तर उनले आफूले चयन गरेका कलाकारलाई कम्तिमा भूमिकाका बारेमा चाहिँ जानकारी गराउनुपर्ने हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?