चंगाको भावुक गीत ‘मम्मी हैन, आमा भन’

काठमाडौं । फिल्म ‘चंगा’ को नयाँ गीत सार्वजनिक गरिएको छ । यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्रले रिलिजको केही दिनअघि पारेर फिल्मको गीत सार्वजनिक गरेको हो ।

‘मेरी आमा… पल पल’ बोलको गीतमा कमल खत्रीको स्वर, संगीत र शब्द रहेको छ । त्यस्तै गीतलाई विश्वेश्वर तन्डुकारले एरेन्ज गरेका हुन् ।

किशोर भण्डारीले निर्देशन गरेको यो फिल्म कमेडी जानरामा निर्माण भएको हो । फिल्ममा बुद्धि तामाङ, कमलमणि नेपाल, अकिंत खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, जीवन भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् ।

एक बालक शौलाचयमा थुनिएको कथा फिल्ममा जोडिएको छ । चलचित्रको कथालाई निर्देशक भण्डारीले नै लेखेका हुन् । त्यस्तै फिल्मलाई रेश्मा तिमिल्सिनाले निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?