प्रतिनिधिसभा बैठक : आज पनि एमाले सांसदद्वारा अवरोध (भिडियोसहित)

लोकपथ
147
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । मंगलबार प्रतिनिधिसभाको १०औँ अधिवेशनको दोस्रो बैठकमा एमाले सांसदहरुले अवरोध गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घाेषणा गरेलगत्तै एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै उनको राजीनामाको माग र पार्टीले कारबाही गरेका नेताहरू सम्मिलित दललाई मान्यता दिएको भन्दै एमाले सांसदहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन् ।

नवौँ महाधिवेशनका सबै बैठकमा नाराबाजी गरेको एमाले सांसदहरूले जारी १०औँ अधिवेशनको दोस्रो बैठकमा अहिले नाराबाजी गरिरहेका हुन् ।

 

https://www.facebook.com/lokpath/videos/961491924791659

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?