जापान पठाउने भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । जापानमा आकर्षक तलव सुविधा भएको कम्पनीमा काम लगाउने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । 

गोरखा पालुङटार नगरपालिका–२ घर भएका कृष्ण प्रसाद पोखरेललाई जापान पठाइदिने भन्दै गोरखा जिल्ला भिमसेन गाउँपालिका–६ स्थायी घर भई हाल समाखुशी बस्ने ४९ वर्षीय केदारनाथ ढकालले ४ लाख ५० हजार रुपैयाँ असुलेका थिए । 

पीडितले दिएको जाहेरी दरखास्तको आधारमा महानगरीय अपराधा महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलिले काठमाडौंको टेकुबाट उनलाई पक्राउ परेको हो । पक्राउ परेका उनलाई बैंकिङ कसुर तथा सजाय एने, २०६४ अनुसार कारबाही हुने महानगरीय प्रहरी परिसरले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?