एनएमबी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लोकपथ
195
Shares

काठमाडौं । एनएमबि बैंकको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि ७ पुसमा बुक क्लोज गर्दैछ ।

यसर्थ, आजसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ दशमलव पाँच प्रतिशत बोनस सेयर र करसहित तीन दशमलव तीन प्रतिशत नगद गरी कुल १५ दशमलव आठ प्रतिशत लाभांश वितरण गर्न २२ पुसमा साधारणसभा बोलाएको छ ।

सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?