काठमाडौं । प्रदेश सम्मेलन सम्पन्न भएको १० दिन बितिसक्दा पनि माओवादीले अझै पाँच प्रदेशको नेृतत्व टुङ्गो लगाउन सकेको छैन ।
प्रदेश नं १, प्रदेश नं २, लुम्बिनी, सुदूरपश्चिम र प्रवास समिति नेतृत्वविहीन बनेका छन् ।
सकेसम्म सहमति नभए निर्वाचनको माध्यमबाट जतिसक्दो छिटो प्रदेश पदाधिकारीको टुङ्गो लगाउन पार्टी हेटक्वार्टरले निर्देशन दिएको मुख्यसचिव ढकालले जानकारी दिए ।
सेल, टोल, वडा, शाखा, महाशाखा, पालिका तथा प्रदेश सम्मेलन सम्पन्न गरेको माओवादीले यही पुस ११ देखि १३ सम्म राजधानीमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । सम्मेलनले पार्टीका क्रान्तिकारी कार्यदिशा तय गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया