९ माघ २०७८, आईतवार

सरकारको सय दिन उपलब्धिमूलक रहेन : उपसभापति निधि

२०७५,जेष्ठ,२०,आईतवार ११:१४

0
Shares

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको सय दिनको कार्य विवरण हेर्दा उपलब्धिमूलक नभएको बताएका छन् ।  

वन, वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उनले सरकारले संघीयता र समावेशीताविरुद्ध एकाधिकार कायम गरेको बताउँदै सरकारले सय दिनको समय पार्टी मिलाउनमै खर्च गरेको बताए । 

रक्सौल र कोराला नाकाबाट काठमाडौँमा रेल गुडाउने कुरा गरेर सरकारले भारत र चीनलाई रिझाउनेबाहेक अरु केही काम नगरेको बताउँदै उनले भने, “वर्षौंदेखिको हुलाकी राजमार्ग बनाउने कुरा भारतले अल्झाएर राखेको छ, अब काठमाडौँमा रेल ल्याउने कुरा पनि त्यसैगरी अल्झाएर (होल्ड) गरेर राख्छ ।” 

अहिलेको सरकारले हुलाकी राजमार्गको काम अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । उपसभापति निधिले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न, राष्ट्रिय एकताका लागि, विकास तथा समृद्धिका लागि आफ्नो पार्टीले सरकारलाई सकारात्मक रुपमा सहयोग गर्ने बताउँदै देश विकासका लागि आवश्यक गृहकार्य गर्न दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारले प्रयत्न गर्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२०,आईतवार ११:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सत्तारुढ गठबन्धनबीच संविधानसँग बाझिएका कानुनमा संशोधन गरेर नयाँ चुनाव गराउने सहमति भएको छ । यस सहमति सँगै आगामी वैशाखका लागि

मधेस सरकारले प्रदेशको नाम र स्थायी राजधानीबारेको सूचना राजपत्रमा पुन : प्रकाशन गरेको छ । प्रदेशको नाम र स्थायी राजधानी

सत्ता गठबन्धनका पाँच दलले माघ १२ गते हुन गएको राष्ट्रिय सभाको निर्वाचनमा गठवन्धनका उम्मदवारलाई विजयी बनाउन संयुक्त अपिल जारी गर्ने

कानुनविद्हरुले स्थानीय तहको निर्वाचनबारे संविधानसँग बाझिएका सबै कानुन संशोधन गर्न सत्तारुढ दलहरुलाई सुझाव दिएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनले आईतबार

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४