काबेली र माउन्ट मकालु डभलपमेन्टले एकीकृत कारोबार सुरु गर्दै

काठमाडौं । काबेली विकास बैंक र माउन्ट मकालु डेभलपमेन्ट बैंकले यहि जेठ २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । केन्द्रीय कार्यालय धनकुटामा रहने गरि थालिने एकीकृत बैंकको कारोबार काबेली विकास बैंकको नामबाट हुनेछ ।

काबेली विकास बैंकको १०० कित्ता सेयर बराबर माउन्ट मकालुको ८८ कित्ता सेयर स्वाप रेसियो कायम हुने गरी एक्वायर निर्णय भएको हो ।

काबेलीले माउन्ट मकालुलाई एक्वायर गरी एकीकृत कारोबार गर्न गत पुस १० गते दुबै बैंकको विशेष साधारण सभाले पारित गरेकामा राष्ट्र बैंकबाट वैशाख ३१ गते अन्तिम स्वीकृति पाएको थियो ।

त्यस्तै एकीकृत कारोबार प्रयोजनका लागि दुवै बैंकले जेठ २५ गते शुक्रबारदेखि सम्पूर्ण शाखाहरुको बैकिङ्ग कारोबार बन्द गर्ने भएका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?