४ माघ २०७८, मंगलवार

संसद सञ्चालन नियामावली भोलि सर्वसम्मतीबाटै पारित हुन्छ : सभापति पोखरेल

२०७५,जेष्ठ,२०,आईतवार १०:२०

0
Shares

काठमाडौं । नेकपाका सांसद एवम् प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सञ्चालन नियामावली आज वा भोलिभित्रै सर्वसम्मतीमा नियामावली पारित गर्ने विश्वास दिलाए । 

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सभापति पोखरेलले संसद सञ्चालन नियामावली आन्तरिक कार्यविधि भएकोले यसलाई भोटिङ्मा लैजानुभन्दा पनि सर्वसम्मतीबाटै पारित गर्ने पक्षमा आफूहरु रहेको स्पष्ट पारे ।

साक्षात्कारमा बोल्दै सांसद पोखरेलले भने, ‘नियामाली पारित गराउनेबारे मैले प्रतिनिधि सभाका सभामुखज्यूलाई भेटेको छु, भोलि वा पर्सीसम्म सर्वसम्मतीमै नियामावली पारित हुन्छ ।’ यदि सर्वसम्मती भएन भने आफूहरुले यसलाई बहुमतबाट पारित गर्नेपनि उनले जनाए । 

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारले ल्याएको आर्थिक वर्ष २०७५-०७६ को बजेट मुलुकको आर्थिक समृद्धिको पक्षमा रहेकोले स्पष्ट पारे ।

बजेटले रोजगारीको सुनिश्चितता् गरेको, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुको बारेमा सुश्चितता गरेको बताउँदै पोखरेलले बजेट सबैको साझा बनेको जिकिर गरे । 
 

प्रकाशित मिति: २०७५,जेष्ठ,२०,आईतवार १०:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुगु । नेकपा एमाले मुगुले एक सातापछि नेतृत्व चयन गरेको छ । २७ पुसदेखि सुरु भएको नेकपा एमाले मुगुको ८औँ

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार भएको छ । वीरगञ्जलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँदै

काठमाडौं । एमालेले ६३ जिल्ला अधिवेशन र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको जनाएको छ ।

गौर । रौतहटका निवेश यादव एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका छन् । २२ वर्षीय यादव आइतबार राति सम्पन्न एमाले

ताजा समाचार