सरकार वैधानिक निरंकुशता ल्याउने दिशा तिर केन्द्रितः गजुरेल

काठमाडौं । मोहन वैद्य नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले सरकारले वैधानिक निरंकुशता ल्याउने अभ्यासमा लागेको आरोप लगाएका छन् । 

सरकारको पछिल्लो गतिविधि वैधानिक निरंकुशता ल्याउने दिशामा केन्द्रित रहेको दावी गर्दै  उनले भने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला सडकमा निस्कनै नमिल्ने गरी गरेको कडाईका कारणले सरकारले निरंकुशता लाद्ने गतिविधिलाई प्रस्ट देखिएको बताए । 

आइतबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले धर्ना, जुलुस गर्न नपाउने खालको कानुन ल्याउनुले निरंकुशता लाद्ने गतिविधिलाई पुष्टि गर्ने आधार भएको दृष्टान्त समेत पेश गरे । 

सरकारले संसदमा दुई तिहाई बढि मत बनाएर मुलुकमा सामाजिक फासीवादी चरित्र देखाउन खोजिरहेको गम्भिर आरोप उनले लगाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?