१२ औँ किसिपिडि बुदोकैदो प्रतियोगीता सम्पन्न

गत शनिवार  १२ औँ किसिपिडि बुदोकैदो राष्ट्रियव्यापी full कन्ट्याक्ट तौल समूह प्रतियोगीताको फाइनल खेल सम्पन्न भएको छ ।

नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यमा भएको  कार्यक्रममा सातवटा तौल समुहका खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । 

२५ केजी तौल समुहबाट किसिपिडिका सुशान्त थापा प्रथम हुन सफल भए भने ३० केजीबाट भरत मल्ल, ३५ केजीबाट विशाल तामाङ, ४० केजीबाट सुजल महर्जन, ४५ बाट सन्देश महर्जन, ५० बाट सुमन परियार र ५५ बाट आकाश श्रेष्ठ प्रथम हुन सफल भएका छन् ।

त्यसैगरी महिलातर्फ ४५ केजी तौल समुहबाट तनहुँकी बिनिता सुनारले प्रथम स्थान हाँसिल गर्न सफल भइन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?