ट्वीटरमा रमाइलोः प्यारोडी समाचारले हंगामा

मलाला युसफजाई र इलन मस्क आ–आफ्नो क्षेत्रका सेलेब्रेटी हुन् । मानव अधिकार अभियानकर्मी मलाला र अर्बपति कार निर्माता मस्कसँगै भएको खबर अक्सर आउँदैन ।

तर एक ब्यङ्ग वेबसाइट क्लिकहोलले लेखेको एक प्यारोडी समाचारले यो अवस्थालाई बदलिदिएको छ । 

बुधबार क्लिकहोलले “इलनको लागि अझ नराम्रो खबरः इलनले अन्तरिक्षमा पठाएको कार पृथ्वीमा खसेको छ र यसले मलाला युसफजाईलाई थिच्यो ।” शीर्षकका एक आलेखको लिन्क ट्वीट गर्यो ।
मक्सले पत्रिकाहरुमा आफ्नो कार उत्पादनको बारेमा खराब समाचार आउन थाले पछि केही दिन अघि आफूले समाचारहरुको रेटिङ्ग गर्ने वेबसाइट खोल्ने चेतावनी दिएका थिए ।

ट्वीट मार्फत मक्सले गरेको यो टिप्पणीपछि प्रेसमा मक्सको निक्कै आलोचना भएको थियो । मक्सले व्यवसायीको रुपमा स्टीभ जब्सले पाए पछिको लोकप्रियता मिडियाहरुकै कारणले पाएको सम्झाउँदै उनको यस्तो मन्तव्यले कालान्तरमा उनलाई नै घाटा हुने प्रेसको आम धारणा थियो ।

तर मक्सले व्यङ्ग वेबसाइटमा आएको यस काल्पनीक खबरलाई भने हल्का रुपमा लिए । क्लिकहोलले समाचारको लिङ्क ट्वीटरमा हाले लगत्तै ट्वीटरमा सक्रिय रहेका मक्सले आफ्नो कम्पनीको यो काल्पनिक दुर्घटनाबारेको खबरमा ठट्टा गर्दै ट्वीट गरे : “हेल अफ ए वीक (एकदमै खराब हप्ता) ।” 

तर यस ठट्टामा मलाला आफैं यस ठट्टा गर्दै सहभागी भए पछि अवस्था झनै रमाइलो भयो । 

ट्वीटरमा मलालाले इलन मस्कलाई ‘मेन्सन’ गर्दै लेखेकी छिन् “अर्को लोकबाट हेल्लो !”

त्यसको प्रतित्युत्तर दिँदै मस्कले भूतको इमोजी सहित ‘हाई’ फर्काए ।

त्यसपछि मलालाले लेखेको ट्वीट झनै रमाइलो थियो । उनले इलनलाई आफूलाई थिचेको उनको कार फिर्ता नदिने भन्दै टवीट् गरिन् ।

“उसो त उक्त कार म आफैं राख्नेछु,” मलालाले ट्वीटमा भनेकी छिन् ।

यो रमाइलो अन्तक्रिया भएको केही समय पछि ट्वीटरमा यो अन्तक्रियाको चर्चा हुन थाल्यो । 

एक प्रयोगकर्ताले रमाइलो मान्दै ट्वीट गरेकी छिन्, “मैले हाँसो थाम्न सकिन । अहिले रातको ११ बजेको छ, मेरा श्रीमान र बच्चाहरु मेरो दिमाग खुख्केको ठानिरहेका छन् ।”

अरुले प्रयोगकर्ताहरुले पनि यो अन्तक्रियामा रमाइलो मानेर टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?