न्यून चापीय प्रणालीको प्रभाव, आज हिमपातको सम्भावना

लोकपथ
273
Shares

काठमाडौं । हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । मंगलबार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

दिउँसो उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

राति प्रदेश १, बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

बुधबार पहाडी भेगमा आँशिक बदली रही प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?