आन्तरिक राजस्व विभागको पत्र : सेयरको अंकित चुक्ता मूल्यलाई लागत लिइ गणना गर्नु

काठमाडौं । आन्तरिक राजस्व विभागले बोनस सेयर र हकप्रद सेयरको लागत मूल्य लाभ गणना गर्दा सेयरको अंकित चुक्ता मूल्यलाई लागत लिइ सो आधारमा गणना गर्नु भन्दै धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र पठाएको छ । 

आयकर ऐन २०५८ बमोजिम यो कर लगाइएको हो ।

आन्तरिक राजस्व विभागले अहिले गरेको व्यवस्था अनुसार हकप्रदबाट फाइदा भएको रकमको ७.५ प्रतिशतका दरले व्यक्तिगत लगानीकर्ताले र १० प्रतिशतका दरले संस्थागत लगानीकर्ताले लाभकर तिर्नुपर्नेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?