कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको निर्वाचनमा विजयी भएका मध्ये तीन जना पहिलो पटक केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
गत सोमबार सम्पन्न निर्वाचन अन्तर्गत आज सकिएको महिला खुला तर्फको मतगणना अनुसार तीन जना पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् । विजयी मध्ये सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा, सुशीला ढकाल आचार्य र रंगमती शाही पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् ।
आज सम्पन्न मतपरिणाम अनुसार डिला संग्रौला दुई हजार ८८५ मत, पुष्पा भुसालले दुई हजार ७१८, आरजु राणाले दुई हजार ५३६, अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाहीले एक हजार ७८९ मतसहित विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया