काँग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा काँग्रेस सभापति शेरबहादुर देउवापत्नी राणा देउवासहित ९ जना निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा सोमबार राति सम्पन्न मतगणनाअनुसार ३० उम्मेदवारमध्ये ९ जना विजयी भएका हुन् ।
विजयी हुनेमा संग्रौला, भुसाल र देउवासहित अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईँ, रमा कोइराला पौडेल, सुशीला आचार्य ढकाल र रंगमती शाही रहेका छन् । मतपरिणामअनुसार संग्रौलाले सर्वाधिक २८८५ मत पाएकी छन् । विजयी हुनेमा अधिकांश देउवा समूहकै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया