चुनावमार्फत माओवादीले बागमती प्रदेशमा नेतृत्व छान्दै, २७ जना चुनावी प्रतिस्पर्धामा

लोकपथ
182
Shares

नेकपा माओवादी केन्द्र बागमती प्रदेशको नयाँ नेतृत्वसहितको पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ । राजधानीको अनुपम फुडल्याण्डमा सोमबार राति नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा दिनानाथ गौतम र सरल सहयात्री पौडेलले उम्मेदवारी दिएका छन् । यस्तै तीन जना निर्वाचित हुने उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ भने एक जना निर्वाचित हुने सचिव पदमा ४ जनाले उम्मेदवारी दिएकामा १ जनाले फिर्ता लिएका छन् । फिर्ता लिनेमा अञ्जन कुमार तिमल्सिना रहेका छन् ।

यस्तै ३ जना निर्वाचित हुने सहसचिव पदमा पनि १० जनाको उम्मेदवारी परेकामासञ्जय लामाले फिर्ता लिएका छन् । यस्तै कोषाध्यक्षमा ३ जनाले उम्मेदवारी दिएका छन् । तीमध्येबाट १ जना निर्वाचित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?