अर्जुन दासको शव परिवारले उठाए, एक जना नियन्त्रणमा

लोकपथ
7.9k
Shares

धनगढी । कैलालीका अर्जुन दासको शव उठाइएको छ । शनिबार सामुदायिक वनमा मृत फेला परेका जिल्लाको जानकी गाउँपालिका–९ का २५ वर्षीय दासको शव परिवारले उठाएका हुन्।

दासका परिवारले हत्यारालाई कारबाही नगरेसम्म शव नउठाउने अडान लिएका थिए । तर प्रहरी प्रशासनलाई दबाब दिन ललित परियारको संयोजकत्वमा संघर्ष समिति गठन गरेपछि अर्जुनको शव सोमबार उठाइएको हो ।

शुक्रबार साँझ घरबाट निस्किएका दास शनिबार बिहान टाउको छेदन गरेर रुखमा बाँधेको अवस्थामा भेटिएका थिए ।

घटनाको जिम्मेवारी लिएको टेलिफोन संवाद सार्वजनिक भइसकेको भन्दै स्थानीय बासिन्दा र आफन्तले त्यसै अडियो संवादको आधारमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् । प्रहरीले हत्याको आशंकामा एक जनालाई पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?