प्रधानमन्त्रीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने

हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रदेश नं ३ को प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रदेशसभा सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार नै हेटौँडामा मुख्यमन्त्री डोरमणि पौडेल तथा अन्य मन्त्रीसँग भेटघाट गर्ने छन् । 

उनले जिल्ला समन्वय परिषद् मकवानपुर, हेटौँडा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख, उद्योगपति तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग समेत भेटघाट गर्ने तालिका रहेको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुपप्रसाद पौडेलले राससलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?