दक्षिण मुम्बईस्थित आयकर कार्यालयमा आगलागी

मुम्बई । दक्षिण मुम्बईस्थित सिन्धिया हाउसको तेस्रो तल्लामा रहेको आयकर कार्यालयमा शुक्रबार आगलागी भएको छ । आगलागीमा कुहै हताहत नभएको दमकल विभागका एक अधिकारीले बताए । 

६ तल्ले सिन्धिया हाउसको सो भवनमा आगलागी भएको सूचना ४ः ५५ मा पाएको दमकल अधिकारीहरुले बताए । सूचना पाए लगत्तै पाँच दमकल र पानीका चार ट्यांकर घटनास्थल पुगेका थिए । 
सो आलगामीमा कोही पनि घाइते नभएरको र दोस्रो तल्लामा फँसेका एक व्यक्तिको उद्धार गरिएको थियो । 

अधिकारीहरुका अनुसार आगलागी लाग्नुको कारण अझै पत्ता लागेको छैन ।

मुम्बई मिररका अनुसार सिन्धिया हाउस भवनको तेस्रो तल्लमा आगलागी भएको थियो, त्यहाँ आयकर विभागको जाँच शाखा र ऋण वसुली ट्रिब्युनलको अफिस रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?