जलमार्गको अध्ययन गर्न समिति गठन

काठमाडाैं : नेपालका नदीहरूमा जलमार्गको सम्भाव्यता अध्ययन गर्न सरकारले जल तथा उर्जा अायोगका सहसचिव माधव बेल्वासेको संयोजकत्वमा एक अध्ययन समिति गठन गरेको छ । 

भारतबाट जलमार्ग हुँदै सामान ढुवानी गर्न र मुलुकभित्रका ठूला नदीहरूमा जलमार्ग भएर लामो दुरीको यात्रा गर्न सकिने सम्भावनाबारे समितिले अध्ययन गर्नेछ । 

समितिमा भाैतिक पूर्वाधार तथा यातायात, उर्जा तथा सिंचार्इ, परराष्ट्र र उद्योग बाणिज्य तथा अापूर्ति मन्त्रालयका अधिकारीहरूलार्इ पनि संलग्न गरार्इएको छ । सरकारले बिहिबार समिति गठन गरेको र पूर्णता पाएपछि केही दिनमै काम थाल्ने भएको छ । 

जलमार्ग अन्तरदेशीय भएकाले भारतसँग समेत नेपालले समन्वय गर्नेछ । चैत महिनामा भारत भ्रमणमा गएका प्रधानमन्त्री के.पी. शर्मा अोलीलार्इ भारतले जलमार्गमार्फत कार्गो ढुवानी गर्न सामुन्द्रिक पहुँच दिने समझदारी गरिसकेको छ । जलमार्गको समेत अध्ययन अघि बढाउने भएपछि नेपालले भारतसँग भएको व्यापार तथा पारवहन सम्झाैतामा जलमार्ग पनि थप्ने गृहकार्य अघि बढाएको छ ।

जलमार्गबारे अध्ययन गर्न गठित समितिलार्इ ३० लाख रूपैयाँ बजेट दिर्इएको छ । सम्भाव्यता अध्ययन गरि प्रतिवेदन पेश गर्ने समयावधी भने तोकिएको छैन । 

भारतले अहिले गंगा नदीमा जलमार्ग निर्माण गरिरहेको छ । पश्चिम बंगालको हल्दियाबाट उत्तर प्रदेशको बनारससम्म गंगा नदीमा जलमार्ग बनार्इरहेको भारतले नेपाललार्इ यही जलमार्गको सञ्जालमा पहुँच दिने प्रतिबद्दता जनाएको छ । भारतले अहिले विभिन्न नदीहरूमा साढे १४ हजार किलोमिटर लामो जलमार्ग निर्माणको काम अघि बढाएको छ । विश्व बैंकको ५ हजार करोड लागतमा भारतमा यो परियोजना निर्माण शुरू हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?