सेयर बजारको ओरालो यात्रामा निरन्तरता

लोकपथ
273
Shares

काठमाडौं । सेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । साताको पहिलो कारोबार दिन आज (सोमबार) सेयर बजार दोहोरो अंकले घटेको हो । आइताबार सार्वजनिक बिदाका कारण बन्द रहेको थियो ।

सोमबार उतारचढावका बीच बाजारमा दोहोरो अंकको गिरावट देखिएको हो । आज सेयर कारोबार मापक नेप्से परिसूचक १७ दशमलव ९३ अंकले घटेर २३५८.८१ बिन्दुमा झरेको छ
यता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि २.३४ अंकले घटेर ४५१.१९ बिन्दुमा पुगेको छ।

आज कुल २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६३ रुपैयाँको कारोबार भएको छ ।

आज १३ उपसमूहमा २ वटा मात्र समूहको सेयर मूल्य बढेको छ भने ११ वटा समूहको सेयर मूल्य घटेको छ ।

बजार घट्दा पनि २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज गोर्खाज फाइनान्स र हिमालयन डिस्टिलरी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

यता, माउन्टेन इनर्जी नेपाल र नारायणी डेभलपमेन्ट बैंक मैलुङखोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी, समृद्धि फाइनान्स कम्पनीलगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?