ट्रम्पको दुखदायी नीतिले गरिब बालबालिकालाई थप समस्यामा पार्ने राष्ट्रसंघीय चेतावनी

एजेन्सी : संयु्क्त राष्ट्रसंघका विशेष प्रतिवेदकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासकले गरिब बालबालिकाका बारेमा तत्काल ध्यान दिनै पर्ने आग्रह गरेका छन् ।

अमेरिकी सपना(अमेरिकी ड्रिम)को साटो अमेरिकन इलुजन( अमेरिकी भ्रम)मा परिणत हुन सक्ने चेतावनी त्यो विशेष प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रसंघको गरिबी तथा असमानतासम्बन्धी नियोगका पदाधिकारी फिलिप एल्स्टनले विश्वकै सर्वाधिक धनी देश मध्ये एकअमेरिकामा गरिब बालबालिकाको अवस्था साह्रै खराब रहेको बताएका छन् ।

अमेरिकामा करोडौ बालबालिकाहरू गाँस बास र भविष्यको सपनाबाट बञ्चित भइ बाँच्नु परेको र यस्तो बञ्चितिकरणले उनीहरूको अमेरिकी सपना मरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उनले तयार पारेका प्रतिवेदनका आधारमा सन् २०१६मा १८ प्रतिशत अमेरिकी बालबालिका करिब १ करोड ३३ लाख बालबालिका गरिबीमा बाँचिरहेका छन् ।

पाँच जना मध्ये १ भन्दा बढी बालबालिका छन् । यसमा १३ लाख बालिकाहरूको बस्ने घर छैन् ।

शिशु मृत्युदर ५.८ प्रति १ हजार जन्ममाछ । यो अन्य विकसित देशको दाँजोमा करिब ५० प्रतिशतले बढी छ ।

युवा बालबालिकामा लगानीको रकमको हिसाबले २९ औद्योगिक देशहरू मध्ये अमेरिकाको स्थान २५औं रहेको छ ।

उनले अमेरिकाले भविष्यका अमेरिकी नागरिकलाई अर्धपोषित  अर्धशिक्षित र अर्धप्रेरित बनाइरहेको आरोप लगाए । 

बालबालिकाको गरिबी अमेरिकामा लामो समयदेखि समस्या बन्दै आएको छ । ट्रम्प प्रशासनले यसलाई झन खराब बनाउने देखिएको छ ।सन् २०१५मा ४० लाख बालबालिकाहरूको लागि खाना कार्यक्रम सपलिमेन्टल न्युट्रोसन एसिस्टयान्स प्रोग्रामले उनीहरूलाई सहयोग गरेका थिए ।

तर ट्रम्पले सनु २०१९मा त्यो कार्यक्रम कटौती गर्ने निर्णय गरे बालबालिकालाई थप जोखिममा पार्न थालेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?