आफूमाथि अन्याय गर्दा प्रचण्डले ओलीलाई चिन्न सक्नुभएन : माधव नेपाल

लोकपथ
273
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई चिन्न नसकेको बताएका छन् ।

उनले प्रचण्डलाई ओलीले अन्याय गर्दा पनि चिन्न नसकेको बताएका हुन् । सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रममा अध्यक्ष नेपालले तत्कालिन नेकपाभित्र आएको विवादबारे चर्चा गर्दै प्रचण्ड सोझो भएर ओलीले जे भन्यो त्यही गर्दै गएको बताए ।

ओलीले प्रचण्डसँग आलोपालो अध्यक्ष र प्रधानमन्त्रीका लागि गरेको सहमति पालना नगरेको उनले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?