२० माघ २०७९, शुक्रवार

त्रिविको समस्या पहिचान गरी समाधान गर्ने शिक्षामन्त्री पौडेलको प्रतिबद्धता

२०७८,पुष,५,सोमवार १५:०५

153
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन् ।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका हुन् ।

उनले दिक्षित विद्यार्थीहरुले आफूसँग भएको ज्ञानलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्दै मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा योगदान पुर्‍याउनु पर्ने बताए ।

मन्त्री पौडेलले ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यक्तासँग तालमेल मिलाउँदै व्यवहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको पनि बताए ।

उनले अनुसन्धानात्मक संस्थाहरुलाई अझ बढी प्रभावकारी बनाउनु पर्ने महशुस आफूले गरेको बताउँदै त्रिभुवन विश्वविद्यालयले विदेशमा बिक्ने शिक्षा नेपालमै प्रदान गरेर उच्च शिक्षा अध्ययनको व्यवस्था स्वदेशमै मिलाउनु पर्ने बताए ।

मन्त्री पौडेलले भने, ‘त्रिविका विभिन्न समस्या पहचिान गरी समाधान गर्न, गम्भीर प्रयत्न गर्नुपर्ने आवश्यक्ता मैले महशुस गरेको छु र त्रिविका शिक्षक र कर्मचारीका प्रतिनिधिहरुसँग भेटघाट तथा पदाधिकारीहरुसँग भएको छलफलका आधारमा त्रिभुवन विश्वविद्यालयको उन्नती विकास र सहयोगका लागि नेपाल सरकारको तर्फबाट सहकुलपतिको हैसियतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि यहाँहरु समक्ष प्रश्तुत गर्न चाहन्छु । दिक्षित हुने विद्यार्थीहरुले आफूसँग भएको ज्ञानलाई सीपसँग, सीपलाई उत्पादनसँग जोड्दै मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा योगदान पु-याउनु पर्छ । सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो । विश्वविद्यालयमा कुनै निश्चित समयमा हासिल गरिएको ज्ञान,सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यक्तासँग तालमेल मिलाउँदै व्यवहारिक र जीवनोपयोगी बनाउन जरुरी छ । पछिल्लो समयमा नेपालमा ठूला राजनीतिक परिवर्तनको फलस्वरुप जनतामा सामाजिक, साँस्कृतिक र राजनीतिक चेतनाको विकास हुँदै गइरहेको छ । अनुसन्धानात्मक संस्थाहरुलाई अझ बढी प्रभावकारी बनाउनु पर्ने महशुस गरेको छु । गुणस्तरीय शिक्षाका लागि विषयगत सक्षम शिक्षक र लगनशील एवं अनुशासित, मेहेनती विद्यार्थीहरुको आवश्यक्ता रहेको छ । पछिल्लो समय नेपाली विद्यार्थीहरु विदेशमा उच्च शिक्षाका लागि जानेहरुको लर्को लागेको छ, त्रिभुवन विश्वविद्यालयले विदेशमा बिक्ने खालको शिक्षा स्वदेशमै दिन सक्नुपर्छ ।’

मन्त्री पौैडेलले विश्वविद्यालयबाट विद्यार्थीलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न चाहिने आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धतासमेत जनाए । उनले विदेशीन बाध्य भएका विद्यार्थीहरुलाई स्वदेशमा नै उच्चस्तरीय शिक्षा प्रदान गर्ने नेतृत्वदायी भुमिका त्रिभूवन विश्वविद्यालयले निर्वाह गर्नुपर्ने बताए ।

प्रकाशित मिति: २०७८,पुष,५,सोमवार १५:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्वोच्च अदालतमा यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२