संसद विघटन गरी ओलीले देशलाई अधिनायकवाद तर्फ धकेल्न खोजे : मन्त्री कार्की

लोकपथ
357
Shares

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अधिनायकवाद तर्फ धकेल्न खोजेको आरोप लगाएका छन् ।

नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले प्रतिनिधिसभा विघटन संविधानलाई असफल बनाउने खेल भएको बताए ।

ओलीको उक्त कदमलाई पाँच दलीय गठनले परास्त गरेको मन्त्रीकार्कीको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । जसलाई फागुन ११ गते सर्वोच्च अदालतले पुनस्स्थापना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?