नायिका रेखा थापाको कार दुर्घटना

काठमाण्डौं, २५ असोज ।‘रुद्रप्रिया’ रिलिजको संघारमा चर्चित नायिका तथा निर्मात्री रेखा थापा कार दुर्घटनामा परेकि छन । बुधबार दिउँसो करिब सवा १२ बजे चावाहिलमा माल बाहक ट्रकले धक्का दिंदा कारमा क्षति पुगे पनि कुनै मानविय क्षति भने भएको छैन । कार रेखा आँफैले चलाईरहेकि थिईन ।रेखा र ट्रक चालक यतिबेला गौशला प्रहरी वृत्तमा छन । रिलिज हुन लागेको चलचित्र रुद्रप्रियाको प्रमोशनमा व्यस्त रहेकि रेखा टिभी फिल्मीबाट अन्र्तवार्ता दिएर अम्बे अपार्टमेन्ट फर्कंदै गर्दा दुर्घटनामा परेकि हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?