धितोपत्र बोर्ड र नेप्से लामो समयदेखि नेतृत्वविहीन, नियुक्तिमा ढिलाइ

लोकपथ
78
Shares

काठमाडौं । बैंकमा तरलता अभावका कारण सेयरबजार अस्थिर बनिरहेका बेला बजारलाई नियमन गर्ने दुवै निकाय भने नेतृत्वविहीन छन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख पद रिक्त रहेको तीन महिना भइसक्दा पनि नयाँ नियुक्ति हुन सकेको छैन ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका थिए भने सेवनका अध्यक्ष भिष्मराज ढुंगानालाई भने अर्थ मन्त्रालयले बर्खास्ती गरेको हो ।

नेप्से सीईओ साउदले ८ भदाैमा राजीनामा दिएका थिए । त्यसपछि ११ असोजमा मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष ढुंगानाले राजीनामा दिएका थिए ।

अर्थ मन्त्रालयले सेबोनको अध्यक्ष नियुक्तिका लागि ११ कात्तिकमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन मागेको थियो । तर मन्त्रालयले छनोट प्रक्रिया भने अघि बढाएको छैन ।

यसैगरी नेप्सेको सीईओ नियुक्तिका लागि भने कुनै प्रक्रिया नै सुरु हुन सकेको छैन । बोर्ड नेतृत्वविहीन हुँदा कम्पनीहरूको सेयर निष्काशन स्वीकृति समेत रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?