देश बनाउन पार्टी एकता गरियो : दाहाल

लेवाडे (कास्की) : नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले ठूलो पार्टी बनाउनका लागि नभर्इ देशलार्इ समृद्द बनाउन एमाले र माअोवादी केन्द्रबीच पार्टी एकता भएको बताएका छन् । 

जन्मस्थान कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित लेवाडे पुगेका प्रचण्डले देश भित्र र बाहिरका शक्तिहरूले एकता हुन नदिने र एकतामा विश्वास नगर्ने अवस्था रहेपनि अाफुहरूले पार्टी एकतालार्इ टुंगोमा पु-याएको बताए । 

''पार्टी एकताले सबैजना अाश्चर्यमा परेका छन्,'' दाहालले भने ''एकता भयो, किनकी एकता नगरेको भए देश अर्को ७० बर्षसम्म राजनीतिक अस्थिरता र अराजकतातिर जान सक्थ्यो ।'' एकतापछिको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) अरू पार्टीजस्तो नभएको र यो पार्टीले जनताको समृद्दि, अात्मस्वाभिमान एवं देश विकासको लागि गुणात्मक र फरक ढंगले काम गर्ने दाहालले दाबी गरे । दुर्इ कम्युनिष्ट पार्टीबीचको एकताले देश र जनताकै शान बढेको दाहालले बताए । 

दाहालले जन्मस्थान कास्कीमा अाफ्ना लागि अावास बनाउने जमिन खोजिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?