लाभांश पारित गर्ने एजेण्डासहित महालक्ष्मी विकास बैंकले डाक्यो वार्षिक सभा, बुक क्लोज कहिले ?

लोकपथ
52
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले २५ पुसमा साधारणसभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डासहित आर्मी अफिसर्स, भद्रकाली काठमाडौंमा विहान ११ बजे सभा आह्वान गरेको हो ।

सभामा बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने २० प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को नाफा-नोक्सानसम्बन्धी छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । यस्तै, बैंककले अन्य कुनै वित्तीय संस्थामा गाभ्न-गाँभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, तीन जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डा छन् ।

सभा प्रयोजनार्थ बैंकले १३ पुसमा बुक क्लोज गर्नेछ । यसअनुसार, १३ पुससम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?