एनएमबी बैंकले सुपर कावेली खोला-ए तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत् आयोजनामा लगानी गर्ने

लोकपथ
78
Shares

काठमाडौं । एनएमबी बैंकले १३.५ मेगावाट तथा १२ मेगावाटका क्रमश सुपर कावेली खोला – ए जलविद्युत् आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत् आयोजनाहरुको मुख्य लगानीकर्ता भई वित्तीय लगानी गर्ने भएको छ ।

प्रदेश १ को ताप्लेजुङ जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भइरहेको सुपर कावेली खोला – ए जलविद्युत् आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत् आयोजनाहरु क्रमशः स्नो रिभर्स प्रा. लि. तथा हिल्टन हाइड्रो इनर्जीद्वारा निर्माण भइरहेको हो ।

यस आयोजनाहरुमा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ ।

१३.५ मेगावाट (सुपर कावेली खोला – ए जलविद्युत आयोजना) तथा १२ मेगावाट (सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजना) क्षमता भएको आयोजनाहरुको कुल लागत क्रमशः  २ अर्ब ४१ करोड तथा रु. २ अर्ब १४ करोड रूपैयाँ रहेको छ ।

जसमध्ये बैंकहरुको लगानी क्रमश १ अर्ब ८९ करोड तथा १ अर्ब ६७ करोड रूपैयाँ रहने जानकारी गराइएको छ । यो आयोजनासमेत एनएमबि बैंक लि.ले कुल ४३ वटा जलविद्युत् आयोजनाहरुमा लगानी गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी इनभारोमेन्ट एन्ड सोसल मिटिग्रेसन गाइडलाइन, २०१८ को निर्देशनअनुसार एनएमबी बैंक लि.ले वातावरणीय तथा सामाजिक नीति (इनभारोमेन्ट एन्ड सोसल पोलिसी) तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (इनभारोमेन्टल एण्ड सोसल म्यानेजमेन्ट सिस्टम) लागू गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?