धुवाँ फाल्ने थोत्रा गाडी गृहमन्त्री बादलको ‘ट्रयाप’मा

काठमाडाैं : गृहमन्त्री रामबहादुर थापा 'बादल' ले अार्इतबार एकाबिहानै उपत्यकामा गुड्ने सवारी साधनको प्रदुषण मापन गर्न छड्के अनुगमन गरे । सवारी साधनले गर्ने प्रदुषण मापनका लागि ४० वटा स्मोक एनालार्इजर खरिद गरेको सरकार प्रदुषण मापनका लागि सडकमा उत्रिएको हो । 

गृहमन्त्री नै प्रदुषण मापनका लागि सडकमा कुदेपछि सरकारले प्रदुषक सवारीसाधनको सञ्चालनमा कडार्इ गर्ने संकेत दिएको छ । सवारी साधनको प्रदुषण मापन गर्ने टोलीमा गृहमन्त्री बादलसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र यातायात व्यवस्था विभागका कर्मचारीहरू संलग्न थिए । 

वातावरण मन्त्रालयका अनुसार अहिले उपत्यकाको वायु प्रदुषणमा ३८ प्रतिशत योगदान सवारी साधनको छ । सवारी साधनबाट निस्कने सानो धुलोको कण (पार्टीकुलर म्याटर) मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । सवारी साधनबाट २.५ पीएम अर्थात पार्टीकुलर म्याटर बराबरको धुलो निस्कने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?